Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गगनचुम्बी हाईराइज आवासीय भवनमा शहरी दृश्यावलोकन गर्दै बस्‍ने रहर कसको नहोला ! काठमाडौं उपत्यकाभित्र विभिन्‍न ठाउँहरुमा दर्जनौं बहुतले संयुक्त आवास परियोजना (अपार्टमेन्ट) निर्माण भएका छन् ।

गगनचुम्बी भवनमा बस्‍नका लागि अपार्टमेन्ट खरिद गर्नैपर्छ भन्‍ने छैन । भाडामा लिएर पनि अपार्टमेन्टमा बस्‍न पाइन्छ । काठमाडौंमा साधारण एक बेडरुमदेखि ४–५ बेडरुमसम्मका लक्जरी अपार्टमेन्टसम्म उपलब्ध छन् ।

अपार्टमेन्टको लोकेसन, क्षेत्रफल र त्यहाँ उपलब्ध सेवा सुविधाहरुका आधारमा अपार्टमेन्टको भाडादर पनि फरक फरक रहेको छ । काठमाडौंमा न्यूनतम मासिक २५–३० हजारदेखि अढाई/तीन लाख रुपैयाँसम्म भाडाका अपार्टमेन्ट पाइन्छन् ।

आज हामी तपाईलाई भाडामा लगाउन रियलस्टेटको पायोनियर अनलाइन प्लेटफर्म नेपालहोम्स डटकममा लिस्टिङ गरिएका ‘थ्री बेडरुम (थ्री बिएचके)’ अपार्टमेन्टका बारेमा जानकारी गराउँदै छौं, जुन लक्जरी श्रेणीमा पर्छन् ।

१) ललितपुरको सानेपा हाइटमा रहेका लक्जरियस इम्पेरियल कोर्ट अपार्टमेन्टमा दुई हजार वर्गफुट क्षेत्रफल भएको सुविधा सम्पन्‍न फ्ल्याट भाडामा दिन लिस्टिङ गरिएको छ ।

विभिन्‍न सेवा सुविधाहरुले सु–सज्जित अपार्टमेन्ट (फ्ल्याट) दोस्रो तल्लामा रहेको छ । दक्षिण मोहडा फर्किएको उज्यालो लक्जरियस अपार्टमेन्टमा बस्‍न मासिक भाडा १ लाख ५० हजार रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् 

२) काठमाडौंकै बालुवाटारस्थित इन्द्रेणी अपार्टमेन्ट्समा १८ सय ५० वर्गफुट क्षेत्रफल भएको विसाल अपार्टमेन्ट (फ्ल्याट) भाडामा उपलब्ध छ । तेस्रो तलामा रहेको तीन बेडरुम र लिभिङ रुम भएको अपार्टमेन्ट दक्षिणतर्फ फर्किएको छ । विभिन्‍न सेवा सुविधा उपलब्ध रहेको फुलफर्निस्ड अपार्टमेन्टमा बस्‍नका लागि मासिक १ लाख ७५ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् 

३) काठमाडौंकै धापासीमा १५ सय वर्गफुट क्षेत्रफल भएको तीन बेडरुम अपार्टमेन्ट भाडामा उपलब्ध रहेको छ । दक्षिण–पूर्वी मोहडा फर्किएको विभिन्‍न सेवा सुविधाहरु उपलब्ध अपार्टमेन्टको मासिक भाडा ६० हजार मात्र रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् 

४) ललितपुरकै हात्तिवनमा फुल फर्निस्ड तीन बेडरुम अपार्टमेन्ट भाडामा उपलब्ध छ । नवौं तल्लामा रहेको दक्षिण मोहडा फर्किएको अपार्टमेन्टको मासिक भाडा ६५ हजार तोकिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् 

५) काठमाडौंको लाजिम्पाटमा रहेको हिलटेक हाइट्स अपार्टमेन्टको तेस्रो तल्लामा तीन बेडरुम र विसाल हल भएको फ्ल्याट भाडामा छ । १५ सय ८० वर्गफुट विसाल क्षेत्रफल भएको अपार्टमेन्टको मोहडा दक्षिणतर्फ फर्किएको छ । यस सुविधा सम्पन्‍न अपार्टमेन्टमा बस्‍नका लागि मासिक भाडा ९० हजार रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् 

नेपाल होम्सबाट

तपाईको प्रतिक्रिया