Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक सु’ बाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ । बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको हो ।

सोमबार राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन जोखेको थियो । सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन । हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन साउन २ गते सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । १६० वटा ब्रेक सु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६१ केजी रहेको पाइएको छ । सिआइबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सुबाट सुन छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आएका थिए । तर, उनको दाबीविपरीत सुनको तौल झण्डै आधा भएको पाइएको छ ।

सुरुमा दुई जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित तीन कर्मचारी, तीन विदेशी नागरिक र चारजना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एकजनालाई हाजिरी जमानतमा रिहा गरिएको छ । यही प्रकरणमा पक्राउ परेका दुई चिनियाँ र भारतीय राहदानीबाहक अर्का एकजनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानविनको जिम्मा सिआइबीलाई लगाएको थियो । सिआइबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

आज गालिने
सुन आज गालिने भएको छ । काठमाडौंको सिनामंगलबाट समातिएको १ सय ५५ किलो ‘ब्रेक शुु सहितको सुन सोमबार छुट्याइएर जोखिएको थियो । सोमबार नेपाल राष्ट्र बैकको बबरमहलस्थित टक्सार महाशाखामा छुट्याएर जोख्दा सुनको तौल ६० किलो ७८९ ग्राम भेटिएको छ ।

यसरी मोटरसाइकलको ब्रेक शुबाट छुट्याइएको सुन आज बिहान १० बजेपछि गालिने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरुको रहोबरमा सुन गालिने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिएका छन्‌ ।

तपाईको प्रतिक्रिया