Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इल्भिस यादवले ‘बिग बोस ओटीटी सिजन-२’को उपाधि जितेका छन् । बिग बोसको इतिहासमा वाइल्ड कार्ड एन्ट्रीले उपाधि जितेको यो पहिलो पटक हो ।

यस सिजनको टप ५ फाइनलमा एल्विश यादव, अभिषेक मल्हार, मनिषा रानी, ​​बविका धुर्वे र पूजा भट्ट रहेका थिए । पूजा भट्ट पहिले आउट भइन् र त्यसपछि बबिका पनि विजेताको दौडबाट बाहिरिएकी थिइन् । इल्भिस, अभिषेक बाहेक मनिषा रानीले पनि टप-३ मा स्थान बनाएकी थिइन् । तर उनी टप-२ मा पर्न सकिनन् । अन्तमा इल्भिस र अभिषेकबीच प्रतिस्पर्धा भयो । र, खेल इल्भिसले बाजी मारे । उनलाई ट्रफी र २५ लाख पुरस्कार प्रदान गरिएको छ ।

इल्भिस र अभिषेक दुबै जना चर्चित युट्युबर हुन् र सामाजिक सञ्जालमा उनीहरुका फ्यान लाखौंमा छन् । सिजनको सुरुदेखि नै अभिषेक बिग बोसको घरमा थिए । फाइनलअघि अभिषेक बिरामी परे र अस्पताल भर्ना हुनुपरेको थियो । तर फाइनलमा उनी शोमा फर्किए । युट्युबमा इल्भिसका १६ मिलियन फलोअर्स छन् भने इन्स्टाग्राममा उनका १ करोड ३० लाख फ्यान छन् ।

पहिलो पटक, सलमान खान बिग बोस ओटीटीको होस्ट बने । करण जोहर यसको पहिलो सिजन होस्ट थिए । तर सलमान खान बिग बोस ओटीटीको होस्ट बनेपछि शोको लोकप्रियता निकै बढ्यो यस पटक बिग बोसको ओटीटी सिजनमा युट्युबर्स र सामाजिक सञ्जाल प्रभावकारीको वर्चस्व छ ।

तपाईको प्रतिक्रिया