Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बालुवाटार जग्गा प्रकरणमा पूर्व मुख्य सचिव लीलामणि पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेर बयान दिएका छन् । आइतबार पौडेलले सीआईबीमा पुगेर दिउँसो बयान दिएका हुन् ।

चीनका लागि पूर्वराजदूत समेत रहेका पौडेल बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाको निर्णयमा संलग्न थिए । २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्यसचिव भएका पौडेल डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ असोज १८ को मन्त्रिपरिषद्को निर्णयका कारण जोडिएका हुन् ।

सर्वोच्च अदालतले उच्च तहसम्म अनुसन्धान गर्न आदेश दिएपछि सीआईबीले उच्च तहका कर्मचारीलाई बयानमा बोलाएको हो । दुई पूर्व प्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधव नेपाललाई पनि बयानमा बोलाउने सीआईबीको तयारी छ ।

तपाईको प्रतिक्रिया