Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले सुन प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समिति नबनाउने निर्णय गरेको छ । सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शीर्ष नेताहरूबीचको छलफलमा उच्चस्तरीय छानबिन समिति बनाउँदा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको अनुसन्धानलाई नै अवरोध हुने निष्कर्ष निकाल्दै छानबिन समिति नबनाउने निर्णय गरेको हो ।

यसरी छानबिन समिति बनाउँदा अहिले भइरहेको अनुसन्धानमा समेत असर हुने बैठकको निष्कर्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए । ‘लामो समयदेखि संसद् अवरोध छ । प्रतिपक्षीहरूले उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका छन् । यता सिआइबीले सुन तस्करीको विषयमा छानबिन गरिरहेकै छ । यो अवस्थामा आवश्यक छ कि छैन भन्नेबारे छलफल भयो,’ उनले भने, ‘उच्चस्तरीय समिति माग्नु भनेको भइरहेको छानबिनलाई अवरोध गर्नु र अहिलेको छानबिनलाई डाइभर्ट गर्नु भन्ने खालको छलफल रह्यो ।’

तपाईको प्रतिक्रिया