Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अमेरिकामा कमाउनका लागि जागिर गर्नुको सट्टा घरमा बसेर बच्चा हेर्ने पुरुषको संख्या बढ्दै गएको छ । यो क्रम बढ्दै जाँदा अर्कोतर्फ घरमा बस्ने महिलाको संख्या भने घट्दै गएको छ ।

प्यू रिसर्चको अनुसन्धानमा पाइएअुनुसार १९९८ देखि २०२१ को बीचमा घरमा बस्ने महिलाको संख्या २८ देखि २६ प्रतिशतले घटेको छ । त्यस्तै, काम गर्ने समयमा घरमा बच्चाको रेखदेख गर्ने पुरुषको संख्या ४ देखि ७ प्रतिशतले वृद्धि भएको छ । यसरी घसमा बस्ने र काममा जाने पुरुषहरूबीच कुन कुन विषयमा अन्तर देखियो भन्नेबारे पनि उक्त अनुसन्धानमा अध्ययन गरिएको छ ।

यस्तो देखियो अन्तर

शिक्षा : तुलनात्मक रूपमा जागिर गर्ने पुरुषको भन्दा घरमा बस्ने पुरुषको ग्रेजुयशनको पढाइको सम्भावना अलि कम देखिन्छ । घरमा बस्ने लगभग २२ प्रतिशत पुरुषको शिक्षाको स्तर यही हो । जागिर गर्ने पुरुषमा ४२ प्रतिशत यस्तो छ ।

गरिबी : घरमा बस्ने पुरुषको परिवार जागिर गर्ने पुरुषको परिवारको तुलनामा आर्थिक रूपमा कम सम्पन्न हुन्छन् । उक्त अनुसन्धानमा घरमा बस्ने करिब ४० प्रतिशत पुरुषको परिवार गरिबीमा रहेको पाइयो भने जागिर गर्ने पुरुषमा ५ प्रतिशतमात्रै गरिबीको रेखामा रहेको पाइयो ।

उमेर : तुलनात्मक हिसाबले काममा जाने पुरुष भन्दा घरमा बस्ने पुरुष बढी उमेरका हुन्छन् । ४६ प्रतिशत घरमा बस्ने पुरुष ४५ वर्ष भन्दा बढी उमेरका छन् ।

विवाह : घरमा बस्ने पुरुष मध्ये ६८ प्रतिशत विवाहित छन् भने काम गर्ने पुरुषमा ८५ प्रतिशत विवाहित रहेको पाइयो ।

१३ प्रतिशत पुरुष बेरोजगारीका कारण घरमै बस्छन्
उक्त अध्ययन अनुसार अमेरिकामा ७९ प्रतिशत महिलाले परिवारको रेखदेख र ९ प्रतिशत बिरामी अथवा अपाङगताका कारण घरमै बस्छन् । पुरुषको हकमा अवस्था फरक छ । २३ प्रतिशत पुरुषहरू परिवारको रेखदेख, ३४ प्रतिशत बिरामी वा अपाङगता, ८ प्रतिशत पढाई, १३ प्रतिशत सेवानिवृत र १३ प्रतिशत बेरोजगारीका कारण घर बस्ने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया