Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका जुनसुकै प्रकरणमा दोषी देखिए आफू जेल जान तयार रहेको बताएका छन् ।

सोमबार पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुनकाण्ड लगायत प्रकरणमा आफू दोषी देखिए जेल जाने बताएको केन्द्रीय सदस्य युवराज चौलागाईले जानकारी दिए । ‘सुन प्रकरणमा महराजीको नाम विभिन्न मिडियाले लेखेका छन् । यसबारे छानबिन गर्न प्रहरी स्वतन्त्र छ । दोषी देखिए महरा मात्रै होइन मलाई समेत हत्कडी लगाए हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै चौलागाईंले सुनाए, ‘प्रधानमन्त्रीले त्यसो भन्दै गर्दा हलले गडगडाहड ताली लगाएको थियो ।’

विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा मुछिएका छन् । उनीहरूले पक्राउ परेका चिनियाँ व्यापारीसँग पटक-पटक टेलिफोन सम्पर्क गरेको तथ्य नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको छ ।

तपाईको प्रतिक्रिया