Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । सोमबार युरोपेली देशहरूको भ्रमण छोट्याएर स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनसायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको, र कसैलाई मुआब्जा नदिईकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको बताए । अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको तर पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमहरूले आफू भागेको भ्रम फैलाएको आरोप लगाए । जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने उनको भनाई छ ।

आफू ‘नबिराउनु नडराउनु’ भन्ने मान्यतामा रहेको नेपालले बताए । ‘यो सुरुदेखिको मान्यता रहेको छ । मैले बिराएको छैन । कुनै बदमासी अपराध गरेको छैन । भ्रष्टाचार लेनदेन गरेको छैन,’ उनले भने, ‘यो सबै स्थितिको कारणले म आत्तिएको छैन । तर, अलिकति चित्त दुखेको छ । चित्त किन दुखेको छ भने, केही गरौँला भन्यो, के पो भयो । देशको निम्ति केही गर्छु भनेर, गरेर देखाएको पनि हो । त्यसमा मलाई पूरै खुसी र गर्व पनि लाग्छ ।’

अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) लगायतका युरोपेली मुलुकको भ्रमणमा निस्किएका थिए । तर साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो । सोही प्रसंगपछि आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको र पूर्वनिर्धारित कार्यक्रमअनुसार विदेश भ्रमणमा भएको उनले बताएका हुन् ।

तपाईको प्रतिक्रिया