Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बाल यौन दुर्व्यवहारको आरोपमा एक बाल हेरचाह केन्द्र (चाइल्ड केयर सेन्टर) का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरको टोलीले हुम्लाको सिमकोट गाउँपालिका-६ घर भई बुङमतीमा बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई नियन्त्रणमा लिएको हो ।

बुढाले ललितपुरमै ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टर सञ्चालन सञ्चान गरेका थिए । ललितपुरका प्रहरी प्रमुख एवं एसएसपी सिद्धविक्रम शाहका अनुसार सोही चाइल्ड केयरमा बस्दै आएकी आठ वर्षीया बालिकाको संवेदनशील अंग चलाउने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

बुढाले निलडाम हुने गरी बालिकालाई कुटपिट गर्ने गरेको पनि खुलेको छ । प्रहरीले बुढामाथि अनुसन्धानका लागि अदालतबाट सात दिनको अनुमति लिएको छ । आइतबार उनलाई थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले ७ दिनको म्याद दिएको छ । पीडित बालिकालाई संरक्षण गृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया