Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन् । युरोप भ्रमण छोट्याए आज स्वदेश फर्किएका अध्यक्ष नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले राजाले गिरफ्तार गर्न खोज्दा नभागेको भन्दै आफू भाग्ने खालको मान्छे नभएको बताए । ‘अपराध नगरेको, गल्ती नगरेको र भ्रष्टाचार नगरेको मान्छे भाग्ने कुरै हुँदैन,’ अध्यक्ष नेपालले भने, ‘राजाले गिरफ्तार गर्न खोज्दा त नभागेको म भाग्ने खालको मान्छे होइन ।’

उनी भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएको भएपनि ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेपछि आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् । पूर्व निर्धारित कार्यक्रम अनुसार गत साउन २२ गते युरोप गएपनि त्यसको एक दिनअघि सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो ।

सर्वोच्चले आदेश दिएको भोलीपल्ट विदेश गएपछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरेपछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्दै आएका थिए । युरोपबाटै उनले आफू निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया