Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत गर्ने माओवादीका नेताहरूलाई पनि जेल बस्न तयार रहन भनेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका हुन् ।

उनले सुन प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्ने बताए । ‘गृहमन्त्रीजी यहीँ हुनुहुन्छ, त्यसरी जोडिनुभएका नेताहरूलाई सीआईबी लगाएर छानबिन गर्नुस्। दोषी भए पार्टीका ठूलै नेता भए पनि छाड्दिनँ, जेल जान तयार भएर बस्नू’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ।

उनले माओवादीबाटै शुद्धीकरणको अभियान सुरु गर्नुपर्ने बताए । ‘कोही कहीँ जोडिएको छ, हामी जोगाउँदैनौं, कारबाही गरिहाल्छौं। त्यसको सुरुवात माओवादीबाटै हुन्छ । माओवादी भएको, आस्था राखेको, फोटो खिचेको, चन्दा दिएको, सहयोग गरेको नाममा कहीँ कसैले नराम्रो काम गरेको छ भने यसपटक जोगाउँदैनौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया