Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाला मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन पार्टीबाट मन्त्री बनेका मोदीलाई फिर्ता बोलाएका हुन् । यसअघि जनमतले अनिता देवी साहलाई मन्त्री बनाउन प्रचण्डलाई सिफारिस गरिसकेको छ । सोही विषयमा छलफल गर्न प्रचण्डले आइतबार बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए ।

तपाईको प्रतिक्रिया