Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष नविन निउरेले एनआरएनएलाई समृद्ध बनाउने योजनामा सबैसँग सहकार्य हुने बताएका छन् । ‘हार्दिक आभारसहित प्रतिबद्धता’ जाहेर गर्दै उनले एनआरएनए जापानलाई समृद्ध बनाउने योजनालाई संगसंगै समेटेर सहकार्य गर्दै कार्यसमिति अघि बढ्ने बताएका हुन् ।

अध्यक्ष निउरेले संस्थाको मूल्य मान्यता विधि विधानलाई आत्मसात् गरेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रणसमेत गरे । ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन प्रक्रियामा सहभागी हुनु भई उप विजेता र यस कार्यकालको लागि मात्र कार्यसमितिको टिम बाहिर रहनु भएका सम्पूर्ण सहकर्मी मित्रहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै यहाँहरूले उठान गर्नु भएका एनआरएनए जापानलाई समृद्ध बनाउने योजनालाई संगसंगै समेटेर सहकार्य गर्दै यो कार्यसमिति अघि बढ्ने छ,’ उनले भनेका छन्, ‘जापान स्थित नेपाली राजदूतावास, महामहिम ज्यू, जापानमा रहेका सक्रिय संघ संस्था, समाज,व्यक्ति, व्यक्तित्व सरोकारवाला निकायहरूसंग आवश्यक समन्वय र सहकार्यमा आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै  संस्थाको मूल्य मान्यता विधि विधानलाई आत्मसात् गरेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रण गर्दछु ।’

उनले आफू निर्वाचित हुन प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । ‘गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको  एघारौँ महाधिवेशनबाट अमूल्य मत प्रदान गरी आशा,विश्वास  माया ममतासहित मुख्य नेतृत्वका लागि अध्यक्ष सहित सम्पूर्ण कार्यसमितिका पदाधिकारी, सदस्य पदमा निर्वाचित गराउनु हुने सम्पूर्ण आदरणीय पञ्जीकृत सदस्य ज्यूहरू, समन्वयकारी भूमिका निर्वाह गरिदिनु हुने अग्रजहरु, अभियान्ताहरु तथा जापानवासी दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ अध्यक्ष निउरेले भनेका छन् ।

तपाईको प्रतिक्रिया