Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नताको प्रमाणित भए पदमै नबस्ने बताएका छन् । नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् । उनले प्रमाण ल्याएर आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका हुन् ।

आफ्नै पार्टीका सांसदले आफूमाथि लाञ्छना लगाएको भन्दै उनले प्रतिक्रिया दिँदै जाने हो भने धेरैका विषयमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए । ‘जुन पछिल्लो घटना घट्यो पक्राउको,’ उनले भने, ‘हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ । त्यसभन्दा जे उहाँले राख्नुभयो, त्यो उचित हो ? यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ बस्दिनँ । मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिन साथीहरूलाई शंका लाग्छ भने भन्नुस् । बाहिर बोल्दै हिँड्नु ठिक हो ? पार्टीमा अनुशासन छैन ? त्यसको आधार हुनु पर्दैन ?’

डा. महतले सांसद सुनिल शर्मालाई पक्राउको विषयमा भने आफूलाई थाहा नभएको बताउँदै भने, ‘टाइमिङ र विषयवस्तु त अनुसन्धान गर्नेले जानुन् ।’

तपाईको प्रतिक्रिया