Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

पोखरा – म्याग्दीबाट पोखरामा आएर विभिन्न पेसा तथा व्यवसायमा रहेका माओवादी केन्द्रमा आस्था राख्नेहरू संगठित बनेका छन् । पोखरामा भएको भेला तथा अन्तरक्रियाबाट माओवादी केन्द्र पोखरा-म्याग्दी सम्पर्क समिति गठन गरिएको हो ।

पोखरामा रहेका म्याग्देलीहरुले पार्टीलाई २०६४ को अवस्थामा फर्काउने अठोट लिएर ‘मिसन-२०८४’ मा लाग्ने एकमतले प्रतिबद्धता समेत जनाए । आगामी निर्वाचनमा म्याग्दीमा माओवादीलाई पहिलो पार्टी बनाउन आफ्नोतर्फबाट लाग्ने विश्वास समेत सहभागीले जनाएका छन् । सम्पर्क समितिको अध्यक्षमा लोकनाथ भट्टराई सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा ओमबहादुर पुन, विष्णु विक र बेलबहादुर परियार चयन भए भने सचिवमा नारायण गिरी, सहसचिव निर्मल खत्री, कोषाध्यक्ष बेकबहादुर विक र सह कोषाध्यक्ष सरु सिर्पाली चयन भएका छन् ।

समितिको सदस्यहरूमा बेलबहादुर परियार, कुशल राई, आशिष राई, तिलकबहादुर घर्ती, कमल पाइजा, सनी कुमारी नेपाली, मनिसा बरुवाल, गोरख जुग्जाली, कोपिला परियार, जमुना परियार, गंगामाया गिरी, दण्डपानी गौतम गौतम र विष्णु विक छन् । दिल परियार,झलक विरही, मन कुमारी दर्जी, भीम कुमारी राई, कमल सिर्पाली र माया छन्त्याल सदस्य चयन भए ।

भेलाले १६ सदस्सीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिको संयोजकमा सुर्वण रिजाल चयन भए भने सदस्यहरूमा लिलबहादुर पर्तेल, हितमान छन्त्याल, रामबहादुर सुनार,धनबकादुर विक,कर्णबहादुर छन्त्याल, दिवबहादुर विक, रासबहादुर विक,ओमबहादुर घर्तीमगर, इन्द्रबुढामगर, प्रेमप्रसाद छन्त्याल,सतबहादुर राना, बुद्धीबहादुर छन्त्याल,मोतिलाल विक, प्रेमप्रसाद छन्त्याल र गोविन्द छन्त्याल छन् ।

भेलामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दी जिल्लाको समग्र विकास माओवादीले जित्दा मात्र सम्भव छ भन्ने पुष्टि भएको बताए । चालू वर्षमा प्रदेश सरकारबाट म्याग्दीका विभिन्न योजनाहरूमा करोडौँ बजेट विनियोजन गरिएको भन्दै योजना कार्यान्वयनबाट विकासले फड्को मार्ने उनले बताए । माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक समेत रहेका मन्त्री जुग्जालीले भने, ‘अहिले म्याग्दीको विकासका लागि काम गर्ने अवसर आएको छ । अहिले गर्न नसके गर्न सकिँदैन । त्यसैले जनताले देख्ने गरी विकास गछौँ । शिर झुकाउने काम गर्दिन, जतिञ्जेल पदमा बस्छु राम्रो गर्छु ।’

म्याग्दीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य हरि भण्डारीले आफूहरूको ध्यान म्याग्दीका जताको मुहार फेर्नेतर्फ केन्द्रित रहेकाले माओवादीकै नेतृत्वमा मात्र विकास सम्भव रहेको बताए । विकास र समृद्धिका लागि आफूहरूलाई साथ दिन उनले आग्रह गरे । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका सहसचिव टेकबहादुर विक, माओवादी केन्द्र पोखरा महानगर कमिटीका अध्यक्ष हरिनारायण गिरी (विज्ञान),धौलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगर,पार्टीका प्रदेश कमिटी सदस्य झकबहादुर छन्त्याल लगायतले माओवादीलाई विश्वास गरेर विकास र समृद्धिको यात्रामा साथ दिन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया