Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको भन्दै यही सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् । केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको वक्तव्य वाचन गर्दै भ्रष्टाचार र तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाए ।

एमालेले सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग फेरि दोहो-याएको छ । एमालेले समिति गठन नभएसम्म दबाबमूलक कार्यक्रम गर्ने पार्टीको नीति रहेको बताएको छ । सरकार विपक्षीप्रति प्रतिशोध साँध्ने बाटोमा क्रियाशील रहेको एमालेको आरोप छ ।

‘यो माग पूरा नहुँदासम्म निरन्तर दबाबका कार्यक्रम गर्ने पार्टीको स्पष्ट नीति रहेको छ । सरकारको संरक्षणमा तस्करीका धन्दाहरू मौलाउन थालेका छन् । सरकारले विपक्षीहरूप्रति प्रतिशोध साँध्ने र अपराधहरूलाई ढाकछोप गर्ने बाटोमा उद्धत छ,’ एमालेले भनेको छ ।

एमालेले आफ्नो विज्ञप्तिमा वर्तमान सरकार भ्रष्टाचार र तस्करीको पक्षमा रहेकाले आगामी दिनमा यस सरकारले मुलुकलाई झनै जोखिमतिर धकेल्ने उल्लेख गरेको छ । ‘एमालेले सुन प्रकरण र चर्चामा रहेका सबै भ्रष्टाचार, अनियमितता र घोटालाहरूको निष्पक्ष छानबिन हुनुपर्छ । तस्करी र राज्यको साधन स्रोतको दोहन गर्ने अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउनु पर्छ भन्नेमा स्पष्ट छौं । यसका लागि निरन्तर प्रयत्नशील छौं । वर्तमान सरकार राष्ट्रियहितको रक्षा गर्न पूर्णतः असफल भएको छ । सरकार टिकाउन जस्तो सुकै शक्तिसँग जस्तोसुकै सम्झौता गर्न तयार हुने सरकारले आगामी दिनमा मुलुकलाई झनै जोखिमतिर धकेल्ने टड्कारो छ,’ एमालेले भनेको छ ।

तपाईको प्रतिक्रिया