Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ  – फाकफोकथुम गाउँपालिका २ र ३ को बीचमा पर्ने फाकफोक खोलामा अचानक आएको बाढीले १ बालकसहित जलाउँदै गरेको शव नै बगाएको छ । स्थानीय ४० वर्षे रामबहादुर लकान्द्रीको शव जलाउँदै गर्दा आएको बाढीले शवसहित १२ वर्षे बालक मनोज लिम्बूलाई बगाएको प्रहरीले जनाएको छ ।

रामबहादुरको शव जलाउन दागबत्ती दिनेबित्तिकै खोलामा ठूलो बाढी आएको स्थानीय गोविन्द लामिछानेले बताए । ‘आकाशबाट पानी परेकै थिएन, बाढी आउने अनुमान पनि थिएन,’ उनले भने, ‘माथिल्लो भेग खाम्बाङ, पञ्चमीतिर परेको पानीले खोलामा अचानक भीषण बाढी आउँदा जल्न सुरु गरेको शव चितासँगै बगेको छ ।’

फाकफोकथुम–३ का रामबहादुरको चारो खोज्न जंगल गएका बेला आइतबार स्थानीय खप्परेघाटमा लडेर निधन भएको थियो । उनको शव पोस्टमार्टमपछि जलाउनेक्रममा मलामी गएका बालकलाई पनि बाढीले बेपत्ता बनाएको हो । मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका अनुसार बाढीले बगाएका बालकको शव खोजीका लागि आमचोक प्रहरी चौकीबाट टोली खटिएको छ ।

 

तपाईको प्रतिक्रिया