शनिबार, जेठ १२, २०८१
Saturday, May 25, 2024

काठमाडौँ – आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । यस्तै, शुक्रबार प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि सोही कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया