Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका ठिन्ले साङ्मु लामा र छिरिङ लामा उनलाई भेट्न बारम्बार गइरहन्छन् । ओलीले ठिन्ले र छिरिङलाई ‘छोरी’ भनेर सम्बोधन गर्छन् ।

शनिबार स्कुल बिदाको दिन पारेर मुगु स्थायी ठेगाना भएका उनीहरू आफूलाई भेट्न आइरहने ओलीले सामाजिक सञ्जालमार्फत बताएका छन् । ‘शनिबार स्कुल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज पनि आएका थिए। बालाई भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए। तर मेरो फुर्सद मिलेन । घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरूसँग कुरा गरेर बिताएँ।’

ओलीले उनीहरूले राम्रोसँग पढ्छु भनेको भन्दै प्रसन्नता पनि व्यक्त गरेका छन् । ओलीले उनीहरूका लागि अर्को महिना लुगा किनिदिने पनि बताएका छन् । ‘अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ । खुसी छन् छोरीहरू’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

तपाईको प्रतिक्रिया