Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सहआयोजक अस्ट्रेलियाले फ्रान्सलाई सडन डेथमा पराजित गर्दै शनिबार महिला विश्वकप २०२३ को सेमिफाइनल यात्रा तय गरेको छ । नाटकीय टाइब्रेकरमा अस्ट्रेलिया ७-६ ले विजयी रह्यो ।

खेलमा दुवै टिमले १०-१० पेनाल्टी प्रहार गरेका हुन् । अस्ट्रेलियाका लागि कोर्टनी भिनेले दसौं प्रहारमा गोल गरिन् । त्यसअघि फ्रान्सका लागि नाओमी फेलर गोल गर्न चुकेकी थिइन् ।

अस्ट्रेलियाली गोलरक्षक म्याकन्जी आर्नोल्डले ३ प्रहारलाई गोल हुन दिइनन् । उनी आफैं पनि गोल गर्न असफल रहिन् । यसअघि निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

अब प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डले कोलम्बियाको सामना गर्दैछ । यसको विजेताले अन्तिम चारमा अस्ट्रेलियाको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया