Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्तारुढ एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष तथा कृषि तथा पशुपंक्षी मन्त्री डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई अदालतले छानबिनको लागि दिएको आदेश नै संशयपूर्ण रहेको टिप्पणी गरेका छन् ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले अदालतले नहुने विषयमा आदेश दिएको भन्दै वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने प्रश्न उठेको बताए ।

‘न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरूले अदालतको आदेश अस्वाभाविक भएको बताइरहेका बेला हामीले त्यसलाई संशयको रूपमा लिएका छौं’, मन्त्री भुसालले भने । तर छानबिनलाई आफ्नो पार्टीले सदैव सहयोग गर्ने उनले बताए । अध्यक्ष माधव नेपालको विदेश भ्रमणका विषयमा मन्त्री भुसालले अध्यक्ष नेपाल पूर्व निर्धारित कार्यक्रम अन्तर्गत नै विदेश गएको स्पष्ट पारे ।

उनले पूर्व निर्धारित कार्यक्रम अनुसार विदेश गएको मान्छेलाई भाग्यो वा भगायो भन्नु प्रतिशोधपूर्ण भावना भएको जिकिर गरे । मन्त्री भुसालले सुशासनको प्रत्याभूत दिलाउने दिशामा सरकार सधैं उन्मुख रहेको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया