Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पिएसजीले फ्रेन्च लिग वानको नयाँ सिजनको उद्घाटन खेलका लागि प्रमुख तीन खेलाडीलाई बाहिर राखेको छ । नयाँ सिजनको पहिलो खेल आज राति लोरीएन्टविरुद्ध खेल्ने टिममा पिएसजीले किलियन एम्बाप्पे, नेइमार र मार्को भेराटीलाई टिम बाहिर राखेको हो ।

एम्बाप्पेसँग पिएसजीको विवाद अहिले चरममा पुगेको छ र उनलाई मुख्य टिमसँग प्रशिक्षणमा समेत समावेश गरिएको छैन ।

त्यस्तै नेइमारलाई समेत क्लबले नयाँ विकल्प खोज्न आग्रह गरिसकेको र अहिले पिएसजी र नेइमार दुवै सहि विकल्पको विषयमा छलफलमा रहेकोले उनलाई टिममा समावेश गरिएको छ । त्यस्तै मार्को भेराटीले पनि पिएसजी छोड्ने तयारीमा रहेकाले टिममा समावेश गरिएको छैन । पिएसजीका प्रशिक्षण लुइस इनरिकले यसअघिनै नेइमारसहितका खेलाडीसँग छलफल गर्दै उनीहरु आफ्नो योजनामा नरहेको स्पष्ट गरेका थिए । साथै उनले आफ्नो लागि सहि विकल्प रोज्नसमेत आग्रह गरेको मिडिया रिपोर्ट बाहिर आएको थियो ।

आफ्ना प्रमुख खेलाडीसँग विवाद भएपछि र नेइमारसहितका खेलाडीसँग पनि लामो समय अगाडी बढ्ने अवस्था नरहेपछि पिएसजीले पोर्चुगलका युवा खेलाडी गोन्कालो रामोस र फ्रान्सका विंगर उसमान डेम्बेलेलाई भित्र्याइसकेको छ ।

तपाईको प्रतिक्रिया