Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एक/दुई दिनमै मन्त्रिपरिषद् पुनर्गठन गर्ने उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार यसअघि नै पुनर्गठन गर्ने तयारी गरे पनि प्रधानमन्त्री पत्नी सीता दाहालको निधन र माओवादी केन्द्रीय कमिटी बैठकलगायत कारणले विस्तार हुन सकेको थिएन । ‘पहिले नै पुनर्गठनको तयारी थियो । विविध कारणले हुन सकेको थिएन,’ गजुरेलले भने, ‘जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी अब व्यवहारमै परिणत गर्न ढिला भइसक्यो । प्रधानमन्त्री चितवनबाट फर्किएपछि आइतवार नभए एक/दुई दिनमै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’ प्रधानमन्त्री प्रचण्ड अहिले चितवनमा छन् ।

को हट्दैछन् र को बन्दैछन् नयाँ मन्त्री ?

अहिले मन्त्रिपरिषद् पूर्ण रहेकोले नयाँलाई अवसर दिँदा एक जना हटाउनुपर्ने हुन्छ । यसअघि अरु दलले भागबन्डा अनुसारकै मन्त्रालय पाए पनि माओवादीको भागमा एउटा मन्त्रालय बढी परेको थियो । यसअघि सरकारमै रहेको जनमत पार्टी फिर्ता भएपछि माओवादीले मन्त्री थप गरेको थियो । त्यसैले माओवादीकै एक मन्त्रीलाई राजीनामा गराएर जनमत पार्टीबाट एक जनालाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता गराउने सम्भावना धेरै रहेको माओवादी नेताहरू बताउँछन् । ‘जसलाई गराए पनि एक जना फिर्ता गराउने माओवादीबाट हो । फिर्ता हुँदा बढी सम्भावना मोदीजीकै हो’ माओवादीका एक नेताले भने ।

तर, केही समययता पर्यटन मन्त्री सुदन किरातीसँग पनि प्रधानमन्त्री असन्तुष्ट रहेका छन् । मोदीले खुलेर प्रधानमन्त्री र नेताहरूको विरोध गरेका छैनन् । तर खरो स्वाभावका किराती भने बेला आफ्नै पार्टीका नेताको आलोचनामा पनि उत्रिने गरेका छन् । मोदीले भन्दा किरातीले केही काम गर्न खोजेको तर कामभन्दा ‘स्टन्ट’ बढी गरेको आरोप खेपिरहेका छन् । सामाजिक सञ्जालमामा किराँतीले लेखेका विषयले पनि उनको प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध नरहेको देखाउँछ । उता मोदीको पनि कार्यसम्पादनमा प्रश्न उठेको छ । यसैले दुईमध्ये एकलाई फिर्ता बोलाउने तयारीमा प्रधानमन्त्री छन् ।

माओवादीबाट मन्त्री फिर्ता भएपछि जनमतबाट अनिता देवी साह मन्त्री बन्ने सम्भावना छ । यसअघि जनमतले साहकै नाम प्रधानमन्त्रीलाई बुझाएको बताइन्छ । सरकारमा माओवादीबाट उप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चारमा रेखा शर्मा, ऊर्जामा शक्ति बस्नेत, पर्यटनमा सुदन किराती, संघीय मामिलामा अमनलाल मोदी र महिन्द्रराय यादव पनि माओवादी कोटाबाटै मन्त्री छन् । सुशीला सिर्पाली ठकुरी माओवादीबाटै पर्यटन राज्यमन्त्री छिन् ।

१० पुसमा प्रधानमन्त्री भएका प्रचण्डले अहिलेसम्म पटकपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । प्रचण्डको सरकारमा यसअघि एमाले, रास्वपा, राप्रपा पनि थिए । तर, राष्ट्रपति निर्वाचनपछि फेरिएको समीकरणमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपासहितका दल सरकारमा सहभागी छन् । पूरानाले छोड्ने र नयाँ दल भित्रिँदा प्रधानमन्त्रीले पटकपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया