Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि आफू बयान दिन तयार रहेको बताएका छन् ।

शनिबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष डा. भट्टराईले ललिता निवासका विषयमा छानबिन हुनुपर्ने बताउँदै त्यसका लागि आफूले सहयोग गर्ने बताए । ‘ललिता निवासको सन्दर्भमा छानबिन हुनुपर्छ’, डा. भट्टराईले भने, ‘मैले विगतदेखि नै भन्दै आएको छु– छानबिन गरौँ भनेर, म तयार नै छु ।’

यस क्रममा उनले आफू प्रधानमन्त्री रहेका बेला सानो निर्णय भएको र त्यो नियतवश नभएको जिकिर समेत गरे । तर पनि आफू छानबिनका लागि आफू तयारै रहेको दोहोर्‍याए । ‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो, ३-४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो’, उनले थपे, ‘त्यो नियतवस् नभई मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।’

तपाईको प्रतिक्रिया