Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाल हुँदै टनका टन सुन भारत गइरहेको आशंका गरेका छन् । शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा नेता कोइरालाले नेपाली बाटो हुँदै ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे । ‘भारतमा १३ सय देखि १४ सय टन सुन खपतहुने रहेछ त्यसमा भारतले ८ देखि ९ सय टन इम्पोर्ट गर्छ । मैले क्विन्टल र किलोको कुरा गरेको छैन् ।’ उनले भने, ‘४ सय देखि ५ सय टन सुन अवैध रुपमा भारत गईरहेको छ । नेपालबाटै गएको होला । यो ७दिनमा कति गयो होला अन्दाज गर्न सक्नुहुन्छ । अहिले पनि गईहरेको छ हामीलाई सूचना मात्र नभएको हो ।’

त्यस्तै, प्रधानमन्त्री कार्यालय मातहतमा राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धिकरण विभागल्याउनु दुर्भाग्य भएको बताए । उनले भने ‘ओलीजी प्रधानमन्त्री हुँदा खेरी नेपाली कांग्रेसका सभापतिले वक्तव्य नै निकालेका थियौं । राजस्व अनुसन्धानविभाग र सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुहुँदैन जुनपहिले जहाँ थ्यो त्यहीहुनु पठाउनु पर्छ भनेर हामीले सदनमा आवाज पनि उठायौं । ओलीजीले सुन्नुभएन । तर दुर्भाग्य हाम्रो शेरबहादुरजी प्रधानमन्त्री हुनुभयो उहाँले पनि सुन्नुभएन । आफ्नै मातहतमा राख्नु भयो । र अहिले प्रचण्डजीले पनि हामी बोलिरहेका छौं उहाँले पनि आफ्नै मातहतमा राख्नुभयो ।’ सुन प्रकरण सुरु हुने साथै सिआइबीलाई अनसन्धानका लागि दिन आफूहरुले आग्रह गरेको उनको भनाई छ ।

 

तपाईको प्रतिक्रिया