Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने अवधारणा अघि सारेका छन् । पुनले वर्तमान साइबर युग सुहाउँदो ‘स्मार्ट पार्टी’ ले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने र पार्टी पुनर्निर्माण सम्भव भएको बताएका हुन् ।

पार्टी सम्बद्ध महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले स्मार्ट पार्टी बनाउने कार्य योजनाबारे चर्चा गरे । ‘समयअनुसार चल्न नसक्ने पार्टीहरू इतिहासमा सीमित भएका छन्’, उनले, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’

विश्व चौथो चरणको औद्योगिक क्रान्तिको सम्मुखमा रहेको भन्दै पुनले यस्तो अवस्थामा कम्युनिष्टहरुले डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताको समेत प्रयोग गरेर स्मार्ट पार्टी निर्माण गर्नुपर्ने औँल्याए । लेनिनले कम्युनिस्ट पार्टीहरूको निम्ति सङ्गठनको रूप सर्वथा अचुक र अपरिवर्तनशील हुन नसक्ने बताउँदै पुनले सङ्घर्षको स्थिति र विकासको प्रक्रिया अनुरूप सङ्गठनको रूपहरूको खोजी गरिएको बताए ।

यस्तै लक्षित जनसमुदाय तथा आफ्नो पार्टी र सङ्गठनमा भर पर्नुपर्ने चिनियाँ कम्युनिस्ट नेता माओको भनाइ अनुसरण गर्न पार्टीपंक्तिलाई निर्देशन दिए । पुनले महिला अधिकार स्थापित गर्न र समाजमा महिलाहरूको सम्मान तथा सहभागिता वृद्धि गर्न आफूहरूको आन्दोलनले धेरै ठूलो योगदान गरेको दाबी गरे । नेपालको संविधानले राज्यका सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता ग्यारेन्टी गरेको उल्लेख गरे ।

आफ्नो दलले भने गाउँदेखि केन्द्रसम्म कम्तीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको र आगामी दिनमा उक्त प्रतिशत बढाउँदै लैजाने नीति रहेको जनाए । पुनले नेपाली समाजको रूपान्तरण र राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धले खेलेको भूमिकालाई संसारले स्वीकार गरिसकेको भन्दै त्यसको अवमूल्यन कसैले गर्न नसक्ने तर्क गरे ।

तपाईको प्रतिक्रिया