Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यवसायी रोहन अडुकिया छुटेका छन् । शुक्रबार दिल्लीबाट काठमाडौं आउँदै गर्दा अध्यागमनले नियन्त्रणमा लिएका डुकिया शनिबार बिहान ११ बजेतिर  छुटेका हुन् ।

राजश्व अनुसन्धान विभागको सिफारिसमा अडुकियालाई एक सय किलो सुन तस्करी प्रकरणमा कालोसूचीमा राखिएको थियो । त्यसअनुसार नै शुक्रबार काठमाडौं आएपछि उनलाई अध्यागमनले पक्राउ गरेको थियो । खोजेको बेला उपस्थित हुने सर्तमा उनलाई छाडिएको हो ।

रोहन अडुकिया व्यापारी राकेश अडुकियाका छोरा हुन् ।

तपाईको प्रतिक्रिया