Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको झन्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ छुटेका छन्। शुक्रबार काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका दुई जना चिनियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छाडेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। ली जियालिङ र लिउ फुयान शुक्रबार बिहान ९ बजेको हिमालयन एयरको उडानबाट चीन जान लागेका थिए। राजश्व अनुसन्धान विभागले उनीहरूलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सिआइबीलाई बुझाएको थियो।

तर पछि उनीहरूको संलग्नता नदेखिएको भन्‍दै छाडिएको हो। यसैगरी व्यवसायी रोहन अडुकिया पनि पक्राउ परेका थिए। उनलाई पनि राजश्वको अनुरोधमा अध्यागमनले पक्राउ गरेको थियो। तर राजश्व र सिआइबीले बुझ्न नमानेपछि उनलाई पनि शनिबार छाडिएको छ। झन्डै १०० किलो सुन प्रकरणमा अहिलेसम्म १७ जना सिआइबीको हिरासतमा छन्। भन्सार एजेन्ट रूक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। विभागले पछिल्लो समय साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। त्यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङ पक्राउ परेका थिए। पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। उनीहरूको कार्य-सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।

त्‍यस्तै, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्। उनीहरूमाथि विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक-शुमा लुकाएर सुन भित्र्याइएको थियो। रेडी ट्रेड प्रालिले उक्त सामान मगाएको थियो।

तपाईको प्रतिक्रिया