Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा हुने भएका छन् । उनलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको हो ।

सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो । उनीमाथि यसअघि नै सफाइ पाइसकेको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोग ब्युँताउँदै सीआईबीले बिनापूर्जी पक्राउ गरेकाे थियाे । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत शुक्रबार अदालतमा उपस्थित गराइएको थियो ।

सांसद शर्माको गिरफ्तारीप्रति उनको दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेताले चर्को विरोध गरेका थिए । एक क्विन्टल सुन तस्करी काण्डका दोषीलाई पक्राउ गर्नुपर्ने र नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने र त्यसो नगरे विरोध स्वरुप संसद भवनमै आमरण अनशन बस्ने चेतावनी सांसद शर्माले केही समय अघि दिएका थिए । त्यसैको प्रतिशोधस्वरुप सांसद शर्मालाई गिरफ्तार गरिएको भन्दै कांग्रेस नेताहरुले विरोध जनाइरहेका थिए ।

यस्ताे छ आदेश

तपाईको प्रतिक्रिया