Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अध्यागमन विभागको टोलीले पक्राउ गरेको भारतीय नागरिक रोहन अडुकियाले १६ महिनामा ४१ पटक नेपाल आउजाउ गरेको देखिएको छ । भारतबाट नेपाल आउने क्रममा शुक्रबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

२ साउनमा विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद भएको एक क्विन्टल सुन तस्करीमा उनी समेत संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विभागले अडुकियालाई राजस्व अनुसन्धान विभागमा पठाउने जानकारी गराएको छ । २०७८ चैत १५ देखि २०८० साउन ५ गतेसम्ममा उनी ४१ पटक नेपाल आउजाउ गरेको देखिएको अध्यागमन विभाग स्रोतले बताएको छ ।

पछिल्लो पटक २४ असार (जुलाई ९) मा काठमाडौँ आएका थिए । सन् २०२२ मा २८ पटक र सन् २०२३ को हालसम्ममा १३ पटक आउजाउ गरेको देखिएको छ ।

रोहन नेपालमा टेस्ला ब्राण्डका विद्युतीय कार बिक्री गर्ने व्यापारी राकेश अडुकियाका छोरा हुन् । उनका बाबुछोराले नेपाल-भारत-दुबई र आवतजावत तीव्र रहेको देखिएपछि उनीहरूलाई अध्यागमन विभागले शंकास्पद सूचीमा राखेको थियो ।

तपाईको प्रतिक्रिया