Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापले सरकार पाकिस्तानी मोडलको शासन प्रणालीमा गएको देखिएको बताएकी छन् । उनले विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलतर्फ जान सरकार उद्यत भएको आरोप लगाएकी हुन् ।

संसदीय दलको बैठकमा धारणा राख्दै उनले यस्तो बताएकी हुन् । डा. देउवाले कांग्रेसका नेतालाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्य भइरहेकोले आफूलाई दुःख लागेको बताइन् । ‘यस्ता मैले भारत पाकिस्तानमा मात्र देख्थें,’ उनले भनिन्, ‘एउटाले सरकारको लिड गर्छ, अर्कोको स्क्याण्डल खोजीखोजी जेल पठाउँछ । अर्को आएपछि फेरि विपक्षीलाई त्यसै गर्छ । नेपालमा पनि त्यस्तै देखिन थाल्यो । आज कांग्रेसलाई छानीछानी आरोपित गरिँदा मलाई दुःख लागेको छ ।’

उनले आफू कांग्रेस सभापति र पूर्वप्रधानमन्त्रीको पत्नी मात्र नभएर सांसदसमेत भएको व्यक्तिको समेत नक्कली अडियो खडा गरेर आरोपित गरिएको भन्दै सामान्य मान्छेमाथि झन् ठूलो अत्याचार भइरहेको टिप्पणी गरिन् । यस विषयमा गम्भीर भएर पार्टीले सोच्नु पर्ने उनको माग छ ।

तपाईको प्रतिक्रिया