Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले सरकारले फाइल खोल्न लागेको गौर हत्याकाण्डमा आपत्ति जनाउँदै उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ। शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी जसपाले पार्टीले गौर हत्याकाण्ड र मधेश आन्दोलन लगायतबारे सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो।

जसपाले जारी गरेको प्रेस विज्ञप्तिमा १६ बुँदामा पार्टीको ध्यानाकर्षण,आपत्ति र माग राखेको छ। पत्रकार सम्मेललनमा बोल्दै जसपा प्रवक्ता मनिष सुमनले गौर हत्याकाण्डबारे नेपाल सरकारले गठन गरेको सर्वोच्च अदालतका तत्कालीन बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित उच्चस्तरीय न्यायायिक

छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकार समक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोग लगायतले बुझाएको प्रतिवेदन पनि यथाशीघ्र सार्वजनिक गर्न माग गरे।

तपाईको प्रतिक्रिया