Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । शुक्रबारको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्र्र्दै अवरोध गरेको हो ।

एमालेकी सांसद् ज्वाला कुमारी शाहले आकस्मिक समयमा बोल्न थालेपछि सत्ता पक्षका सांसदले आफूहरुलाई पनि समय दिन माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले सभा चलाउने तजबिज आफूसँग रहेको बताए ।

एमालेले नाराबाजी गर्दै वेल घेराउ गर्यो । त्यसपछि, सभामुख घिमिरेले साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

तपाईको प्रतिक्रिया