Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बेलायत बस्दै आएकी युवतीसँग टिकटकमार्फत चिनजान गरी काठमाडौँ बोलाएर बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्रबहादुर सिंह बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

सिंहले बेलायत बस्दै आएकी एक युवतीसँग टिकटकमार्फत चिनजान गरेका थिए । सिंहले ती युवतीलाई विवाह गर्ने भन्दै काठमाडौँ बोलाएर बलात्कार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ । असार ३१ गते बिजेन्द्रले ती युवतीलाई एयरपोर्टमा झर्ने बित्तिकै सिनामंगलस्थित हिमालय होटेलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

युवतीलाई जबरजस्ती करणी गर्न लागेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली आएर बिजेन्द्रलाई पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान सकिएर अहिले जिल्ला अदालत काठमाडौँमा बलात्कार मुद्दा दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया