Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको क्षेत्रमा सञ्चालनमा रहेको ब्लु बसको बिलबुक अनुसारको रङ कायम गरिएपछि नयाँ रुट इजाजत प्रदान गरिएको छ । यातायात व्यवस्था कार्यालय भरतपुरले ना ५ ख ३१३८ नम्बरको सो बसको रङ र रुटको समस्या समाधान गर्दै नयाँ रुटको अनुमति दिएको हो ।

कार्यालयका अधिकृत सुरेश चपाईका अनुसार बसलाई कुरिनटार-नारायणगढ-भोजाड-पदमपुर-जुटपानी हुँदै शक्तिखोरको रुट कायम गरिएको छ । ‘बसले बिलबुक र प्राविधिक जाँच पासबुकमा भरिएको रङ अनुसार कायम गरेर आएपछि हामीले रुट इजाजत पनि परिवर्तन गरिदिएका छौँ,’ अधिकृत चपाईले थपे, ‘अब गाडीको रुट कुरिनटार-नारायणगढ-भोजाड-पदमपुर-जुटपानी हुँदै शक्तिखोरको रुट कायम भएको छ ।’

सांसद लामिछाने निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा साउन १७ गते घोषणा भएको कार्यक्रममध्येको एक चितवन २ का महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन भएको हो । बस सञ्चालनका क्रममा रुट अनुमति र रङका बारेमा समस्या रहेको समाचार सार्वजनिक भएपछि यसको आलोचना सुरु भएको थियो ।

बसधनी भीमबहादुर तामाङले रङका सवालमा पनि बिलबुकमा भए अनुसार आफूहरूले परिवर्तन गरेको बताए । ‘बसको अगाडिको वर्नटमा सेतो लगाएका छौँ । बसको दुवैतर्फ साइडमा धर्सा बनाएर मोडलिङ गर्दै सेतो, पहेँलो, गुलाबी र सिल्भर रङ लगाएका छौँ, जुन बिलबुक र जाँचपास प्रमाणपत्रमा उल्लेख भएको रङ हो,’ उनले भने ।

यसअघि बसलाई पूरै नीलो बनाइएको थियो । नीलो मात्रै सञ्चालन गर्न नदिने अडान यातायात कार्यालयले राखेपछि बाध्य भएर रङ परिवर्तन गरिएको हो ।

तपाईको प्रतिक्रिया