Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद डा. सुनील शर्मा पक्राउ परेपछि स्वास्थ्य दुर्गा प्रसाईँले विरोध जनाएका छन् । बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेका सांसद शर्मालाई भेट्ने लाजिम्पाटस्थित् सिआइबीको कार्यालय पुगेका व्यवसायी प्रसाईँले पक्राउको विरोध गरेका हुन् ।

उनले सांसद शर्माले शैक्षिक प्रमाणपत्रको आधारमा के निर्वाचन जितेको हो भन्ने प्रश्न गर्दै भने, ‘प्रमाणपत्रको विषयमा कुरा गर्ने हो भने कोही आउछभने मसँग आओस् बहस गर्न । त्यो प्रमाणपत्रबाट उनले सांसद जितेको हो ? ल निर्वाचन आयोगमा अरू सांसदहरूका नि एसएलसी पास गरेको छैन अरे ! बिए पास गरेको भनेर भन्या छ रे ! निर्वाचन आयोगमा । ती झिकेर ल्याउन । हेरम न ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतले नियोजित रूपमै शर्मालाई फसाएको आरोप लगाए । सिआइबीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र छानबिनका लागि पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया