Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाल वायु सेवा निगमले आँखा रातो हुने (पाक्ने) रोगबाट सतर्क रहन यात्रुहरूलाई अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गरी निगमले यात्रुहरूलाई सो आग्रह गरेको हो ।

निगमले कोही यात्रुमा उडान पूर्व आँखा रातो हुने (पाक्ने) लक्षण देखापरेमा आधिकारिक चिकित्सकीय निकायबाट सो रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चितता गर्ने प्रमाण पेश गर्न समेत अनुरोध गरेको छ । सूचनामा भनिएको छ, ‘यदि कोही यात्रुमा उडान पूर्व आँखा रातो हुने जस्ता लक्षण देखा परेका छन् भने आधिकारिक चिकित्सकीय निकायबाट त्यस्तो लक्षण ‘आँखा रातो हुने’ रोगको नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चितता प्रमाण पत्र पेश गर्न अनुरोध गरिन्छ ।’

निगमले यसबाट यात्रुमा पर्ने असुविधाका लागि क्षमा समेत मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पछिल्ला दिन देशका अधिकांश स्थानमा आँखा रातो हुने (पाक्ने) रोग फैलिरहेको हो ।

तपाईको प्रतिक्रिया