Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – कैलालीमा बाढीका कारण १२ सय ७० परिवार विस्थापित भएका छन् । स्थानीय तहले दिएको जनकारी अनुसार दुई दिन परेको वर्षापछि आएको बाढीले उनीहरू विस्थापित भएका हुन् ।बाढीबाट सबै भन्दा बढी भजनी नगरपालिका प्रभावित भएको छ । भजनी नगरपालिकामा २ हजार ३६७ परिवार प्रभावित हुँदा ८९९ परिवार विस्थापित भएका छन् । उनीहरुलाई हुलाकी सडक र उच्च घरहरूमा राखिएको छ । उनीहरुलाई पानी तथा सुख्खा खाना चिउरा, चाउचाउ, बिस्कुट पानी वितरण गरिएको भजनी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेले जानकारी दिनुभयो ।

टीकापुर नगरपालिकामा ३१६ घर डुबानमा परेका छन् । वडा नम्बर ६ मा २२६ र ७ का ९० गरी ३१६ घर डुबानमा पर्दा २३० परिवार विस्थापित भएका छन् । उनीहरुलाई उच्च घर, उच्च सडक तथा आफन्तकोमा बस्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । जानकी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा बाढीले असर गरेको छ । त्यहाँ ११५ घरपरिवार विस्थापित भई उच्च घरमा बसिरहेका र उनीहरुलाई तत्कालका लागि पालिकाले सुख्खा खानाको व्यवस्था गरेको गाउँपालिकाका विपद् फोकल पर्सन नेत्र प्रसाद जैशीले जानकारी दिनुभयो ।

जोशीपुर गाउपालिकामा पनि वडा नम्बर ३ र ४ का केही स्थानमा बाढी पसेको छ । ३ मा काडा नदी र ४ मा पथरैया नदिको बाढी पसेर त्यहाँका नागरिकहरूलाई समस्या भएको छ । घरमा हिलाम्य भएकाले वडा नम्बर ४ का ३० परिवारलाई सुख्खा खाना चिउरा, चाउचाउ, पानी वितरण गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख सिता सिंहले जानकारी दिनुभयो । कैलारी गाउँपालिकाको वडा नम्बर ७ का भुइयाफाटा, रामपुर, बसन्ता, नागारयणपुरमा बाढी पसेको छ । त्यहाँ लगायत पालिकामा करिब डेढ सय बढी घर डुबानमा परेका छन् । पानी घरमा पसेर विस्थापित भने २६ घरपरिवार भएका र उनीहरू आफन्तकोमा बसिरहेका गाउँपालिकाका विपद् फोकल पर्सन भुवन बखरीयाले जानकारी दिनुभयो ।

२ दिनको वर्षापछि मोहना, पथरैया, काँडा, कन्द्रा, कुचैनी नदिमा आएको बाढीबाट कैलालीका जानकी, जोशीपुर, कैलारी गाउँपालिका र भजनी तथा टीकापुर नगरपालिकाका केही स्थान डुबान भएका छन् । हिजोदेखि पानी कम परेकाले अहिले भने डुबान क्षेत्रबाट पानी घट्ने क्रम शुरु भएको स्थानीय तहले बताएका छन् । कर्णालीमा पनि पानीको सतह ७ मिटर ०६ सेन्टिमिटर मात्र रहेको कर्णाली चिसापानीकी गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । हिजो पौने ८ मिटरसम्म पुगेपनि आज घटेको र यो पानीको सतह सामान्य रहेको उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया