Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

कियो – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा वामी नमुना समाजको आयोजनामा टोकियोमा शुभकामना आदानप्रदान, दर खाने तथा विशेष साँगीतिक धमाकासहित तीज विशेष कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रम आगामी सेप्टेम्बर ११ तारिख सोमबारका दिन हुने संस्थाका संरक्षक दिलिप थापाले समुद्रपारिलाई बताउनुभयो ।

वामी नमुना समाजले कार्यक्रममा उत्साहजनक सहभागिताका लागि समस्त वामेलीहरुका साथै जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अपील गरेको छ ।

सन् २०१५ देखि अनवरतरुपमा आफ्नो गाउंको सेवामा समर्पित यो समाज जापान लगायत अन्य दर्जनौ देशहरुमा छरिएका वामेलीहरुलाई एकै सुत्रमा आबध्द गराउने संस्था हो । यस संस्थाले आफ्नो गाउँ-ठाउँ र बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, राहत सेवाका साथै असहाय, रोगी, पीडित र दिन दुखीहरुलाई सहयोग गर्दै आएको संरक्षक थापाले बताउनुभयो ।

कार्यक्रम मिताका स्थित बेबी चिकेन रेष्टुरेन्ट (3-28-23 Shimorenjaku , Mitaka-shi, Tokyo 181-0013) मा अपरान्ह ३ बजेदेखि राती ११ बजेसम्म हुने बताईएको छ ।

कार्यक्रममा तीजको अवसरमा शुभकामना आदानप्रदान गरिने र चेलीबेटीहरुलाई दर खुवाउनुका साथै स्थानीय कलाकारहरुको तीज विशेष साँगीतिक प्रस्तुतीहरु रहने बताईएको छ । ***

तपाईको प्रतिक्रिया