Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आज दिउँसो १ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक शुरु हुनेछ । राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूचि छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० बैठकमा पेस गर्नुहुने र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्यअवधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदन समक्ष प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।

सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्वन हुनुभएको जानकारी गराउने, त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्यअवधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदन समक्ष प्रश्तुत गर्ने, प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रश्ताव पेस गर्ने, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१३ को उपनियम १ बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

 

तपाईको प्रतिक्रिया