Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सिरियाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक टेलिभिजन पत्रकारसहित चार जनाको ज्यान गएको छ । ज्यान गुमाउने अरु तीन जना सुरक्षाकर्मी रहेका छन् । निजी स्वामित्वको सिरियाली सामा टिभीका संवाददाता फिरास अल–अहमद र सैनिक जवान दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बम विस्फोटमा परेका थिए । आतङ्कवादी समूहले सडकमा बम राखेको सुरक्षा निकायलाई उद्धृत गरी अल जजिराले जनाएको छ ।

दारा प्रान्त वर्षौँदेखि हिंसाको चपेटामा छ । प्रेस स्वतन्त्रता समूह रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार सन् २०११ मा गृहयुद्ध सुरु भएयता सिरियामा दुई सय ७० जनाभन्दा धेरै पत्रकार मारिएका छन् । सिरियाको द्वन्द्वमा पाँच लाख जनाभन्दा धेरैले ज्यान गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया