Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नुवाकोटको सुर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि शिक्षक तथा जनप्रतिनिधिबाटै कार्य सुरु गरिनुपर्ने निर्णय  गरेको छ। आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले छोरा छोरीलाई सामुदायिक विद्यालयमै पठनपाठन गराउनु पर्ने नियमलाई कडाईकासाथ कार्यान्वयनमा ल्याएको छ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा छोरा छोरी नपढाउने शिक्षकको तलब रोक्का गर्ने निर्णय गरेको छ। निजी विद्यालयमा पढाउने केही शिक्षकको तलब रोक्का गरेको गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा नै पढाउने प्रतिवद्धता जनाएपछि तलब भुक्तानी गरेको थियो।  अन्य शिक्षकहरूलाई पनि प्रतिवद्धता जनाउँदै तलब दिएको छ। यस्तै जनप्रतिनिधिहरूले पनि सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ।

गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले सामुदायिक विद्यालयको स्तरलाई बढाउन र सर्वसाधारणलाई पनि सरकारी विद्यालयका शिक्षकले पनि आफूले पढाउने विद्यालयमा नै छोराछोरी पढाएका छन् भन्ने सन्देश जाने हुनाले यस्तो निर्णय गरिएको बताए। उनले आगामी वर्षदेखि यसलाई कडाईकासाथ लागू गरिने जानकारी दिए।  सुर्यगढी गाउँपालिकामा तीन दर्जन विद्यालय छन्। पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोरा छोरीलाई निजी विद्यालयमा पढाएको विषयमा देशभरबाटै सरकारी शिक्षकको आलोचना हुने गरेको छ।

सामुदायिक विद्यालयका शिक्षकहरूले भने यसमा असहमति जनाएका छन्। कतिपयले आफ्ना छोराछोरीलाई समय परिस्थिति अनुसार उनीहरूको रोजाइको ठाउँमा पढाउन पाउनुपर्ने समेत बताएका छन्।  गाउँघरमा पढ्ने उमेर समूहका बालबालिकाहरू नबस्ने अवस्थाका कारण धेरै विद्यालयहरू बन्द हुने अवस्थामा पुगेका छन्। सञ्चालनमा रहेका र नाम चलेका विद्यालयहरूमा पनि विद्यार्थीको संख्या अत्यन्त न्यून छ।

तपाईको प्रतिक्रिया