मंगलबार, जेठ १५, २०८१
Tuesday, May 28, 2024

काठमाडौँ – क्रिष्ट्रियानो रोनाल्डो आवद्ध क्लब अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ । गएराति प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा भएको सेमिफाइनलमा इराकको च्याम्पियन क्लब अल सोर्टा एससीलाई १-० गोलले हराउँदै अल नासर उपाधिनजिकै पुगेको हो । अल नासरको लागि एकमात्र गोल पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले गरे ।

उनले खेलको ७५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।गएराति नै भएको अर्को खेलमा अल शबाबलाई हराउँदै अल हिलाल क्लब पनि फाइनलमा पुगेको छ । फाइनल खेल शनिबार राति हुनेछ ।

 

तपाईको प्रतिक्रिया