Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य देशमा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई दिइँदै आएको राहत रकम बढाउने निर्णय गरेको छ । राहत रकम निर्धारण गर्न श्रमसचिव केवलप्रसाद भण्डारीको नेतृत्वमा अध्ययन समिति गठन गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको बोर्डको बैठकले मृतकका परिवारलाई दिइँदै आएको आर्थिक सहायता रकम बढाउने निर्णय गरेको हो । ‘अहिले दिइँदै आएको ७ लाख रुपैयाँ अपुग भयो । कम्तीमा १० लाख रुपैयाँ निर्धारण हुनेछ । त्योभन्दा बढी निर्धारण गर्नको लागि अध्ययन समिति बनाइएको छ । कोषको क्षमता हेरी हामी अब राहत रकम तोक्नेछौं’, सचिव भण्डारीले भने ।

यसको लागि चालु आर्थिक वर्षको बोर्डको राहत रकमको बजेट बढाइएको छ । बोर्डले २०७४/७५ देखि मृतक परिवारलाई ७ लाख रुपैयाँ उपलब्ध गराइँदै आएको थियो । श्रमिकले श्रम स्वीकृति गर्ने बेला जम्मा गरेको कल्याणकारी कोषबाट बोर्डले राहत रकम उपलब्ध गराउँदै आएको हो ।

तपाईको प्रतिक्रिया