Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ  – नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्ता पक्षका सांसदहरुले संसदमा दादागिरी देखाएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले सत्तापक्षले संसदमा द्वन्द्व गराउन चाहेको दावी पनि गरे । उनले भने, ‘प्रतिपक्षले सभामुखको अनुमति लिएर बोल्न खोज्दा समेत सत्तापक्षका माननीयहरु उठेर विरोध गर्नु भयो । सत्तापक्षको यसप्रकारको दादागारी आज संसदमा देखा पर्‍याे ।

यसले के देखाउँछ भने सरकार सदन चलाउन चाँहदैन । सत्तापक्ष संसदमा द्वन्द्व गराउन चाहन्छ । ’ आफूहरुले कुरा गर्न राख्न खोज्दा द्धन्द्ध सिर्जना गरेको सचेतक बर्तौलाको आरोप छ । यो संसदीय मूल्य मान्यता भन्दा बाहिर भएको उनको भनाइ छ । सबै करणी आफूले गरेर दाउपेचका साथ सत्ता पक्ष र सरकार लागेको कारणले सदन नचलेको दावी पनि सचेतक बर्तौलाको छ ।

 

तपाईको प्रतिक्रिया