Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा फिसिङमार्फत ३ अर्ब येन चोरी भएको छ । यहाँको राष्ट्रिय प्रहरी एजेन्सीकाअनुसार सन् २०२३ को पहिलो ६ महिलामा फिसिङमार्फत ३ अर्ब येन चोरी भएको हो ।

इन्टरनेट बैंकिङ आइडी र पासवर्डहरू चोरी (फिसिङ)का २ हजार ३२२ वटा घटनामा घटेका एजेन्सीले जनाएको छ । अनधिकृत पैसा स्थानान्तरण भएको घटना अघिल्लो वर्षको भन्दा बढी हो । २०१५ मा ३.०७ अर्ब येन चोरी भएको थियो ।

एजेन्सीकाअनुसार इन्टरनेट बैंकिङको विस्तार र बढ्दो परिष्कृत फिसिङ इमेलहरूका कारण चोरीका घटनाहरूमा वृद्धिको भएको देखिन्छ । वित्तीय संस्थाहरूमा विशेष गरी भौतिक शाखाहरू नभएका संस्थाहरूबाट बढी चोरी भएको छ । फिसिङ इमेल र सन्देशहरूले सामान्यतया वित्तीय संस्थाहरूको नक्कल गरी प्रयोगकर्ताहरूलाई नक्कली वेबसाइटहरूमा रिडाईरेक्ट गरी ठगी गर्ने गरिएको छ ।

अनलाइन बैंकिङ प्रयोगकर्ताहरूलाई यस्ता फिसिङका घटनाहरूबाट जोगिन विशेष सतर्कता अपनाउन भनिएको छ । जापानमा फिसिङ घोटालाहरूमा तीव्र वृद्धि देखेपछि, प्रहरीले शंकास्पद इमेलहरूमा लिंकहरूमा क्लिक नगर्न भनेको छ । आधिकारिक वेबसाइट वा एपहरूमा मात्र संवेदनशील जानकारी प्रविष्ट गर्न प्रहरीले सल्लाह दिएको छ ।

तपाईको प्रतिक्रिया