Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ ।

एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खटाएको आर.ए.टी नाम दिइएको एउटा समूह परिचालन भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । जाम खुलाउन आर.ए.टी लेखिएका ज्याकेट लगाएर वाकीटकीसहितका युवाहरू खटिएको सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो ।

प्रशासनले नारायणघाट(मुग्लिनको पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको स्पष्ट पर्दै भनेको छ, ‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।’

प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ ।

रास्वपाका सभापति समेत रहेका चितवन-२ का सांसद रवि लामिछानेले आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा केहिदिन अघि नारायणगढ-मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि र्‍यापिड एक्सन टिम (आरएटी)निर्माण गर्ने घोषणा गरेका थिए । सोहि टिम मंगलबार पहिरोले जाम भएको नारायणघाट मुग्लिन सडकमा परिचालित भएको थियो ।

तपाईको प्रतिक्रिया