Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा संसद्को बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

एमालेका सांसदहरूले एक क्विन्टल सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गर्दै नाराबाजीसहित बुधबारको बैठकमा संसदमा रोष्ट्रम घेराउ गरे । त्यसपछि सभामुख देवराज घिमिरेले शुक्रबार १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

बैठक स्थगित हुनुअघि बैठकको सुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मंगलबारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरूको विरोध जारी रहने बताए ।

सांसद थापाले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरू पनि उठेर विरोध जनाएका थिए । सभामुखले पटक–पटक बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेपनि सांसदहरू नबसेपछि अवरोधकै बिचमा सांसद थापाले आफ्नो भनाई टुंग्याएका थिए । लगत्तै एमाले सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सुन तस्करीबारेको अनुसन्धानबारे गृहमन्त्रीको जवाफ सुन्न बुधबार एमाले सांसदहरूले संसद् सुचारु गर्न दिएका थिए । तर, गृहमन्त्रीले उच्चस्तरीय छानबिन आयोग गठनबारे मौन बसेको र कुनै जवाफ नै नदिएको भन्दै उनीहरूले पुनः संसद् अवरोध गरेका हुन् ।

तपाईको प्रतिक्रिया