Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – रजनीकान्त ‘जेलर’को ग्राण्ड रिलिज तयारीमा छन् । दक्षिण भारतीय सुपरस्टारको फिल्म शुक्रबार प्रदर्शनको तयारीमा छ । करिब दुई वर्षपछि रजनीकान्त ठूलो पर्दामा फर्कन लागेका हुन् । फ्यान उनको ताजा अवतारलाई पर्दामा हेर्न उत्सुक छन् । दक्षिण भारतमा रजनीकान्तलाई पछ्याउने फ्यानको क्रेज यतिसम्म छ कि उनको गृहनगर चेन्नईका साथै बैंग्लोरलगायतका सहरका कार्यालयले ‘जेलर’ रिलिजको दिन शुक्रबार कर्मचारीलाई बिदा दिने घोषणा नै गरेका छन् ।

साथै, कार्यालय व्यवस्थापनले फिल्मको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकट समेत उपलब्ध गराउने भएको छ । अन्य केही कार्यालयले पनि ‘जेलर’ रिलिजको दिनमा बिदा दिएर ‘जेलर मेनिया’लाई प्रस्तुत गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । ‘जेलर’का निर्माताले फ्यानलाई फिल्मबारे छिनछिनमा अपडेट दिंदै सामाजिक सञ्जालमा प्रचारलाई तीव्र बनाएका छन् ।

 

तपाईको प्रतिक्रिया