Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – कोशी प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाले आदिवासी तथा जनजातिहरू सम्मानमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको जनाएका हुन् ।

कोशी प्रदेश सरकारको वार्षिक क्यालन्डरमा नै प्रदेशभरी यो दिवसका दिन बिदा दिने तय गरिएको छ । कोशीमा आदिवासी तथा जनजाति समुदायको बसोवास अन्य प्रदेशको तुलनामा धेरै छ । ‘आदिवासी युवाहरू आत्म–निर्णयका लागि परिवर्तनका एजेन्टहरू’ भन्ने नारासहित आज अर्थात् ९ अगस्टमा अन्तर्राष्ट्रियरूपमा आदिवासी जनजाति दिवस मनाइन्छ ।

तपाईको प्रतिक्रिया